काठमाडौँ, सरकारले कोरोना भाईरस (कोभिड-१९) परिक्षण शुल्क घटाएको छ । अब सबै निजि तथा सरकारी अस्पताल तथा प्रयोगशालाहरुमा परिक्षण गर्दा रु २००० मात्र लाग्ने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले समानको मूल्य घटेको आधारमा पिसिआर शुल्क परिक्षण गर्न लाग्ने शुल्क पनि घटाएको जानकारी गराएका छन् ।
यस अघि सुरुमा ५५०० र पछिल्लो पटक घटाएर ४४०० शुल्क तोकिएको थियो | आइतबारबाट लागु हुने गरि २ हजार कायम गरिएको छ ।