थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १४ सय ५४ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ | आज थप ५ जनाको मृत्यु भएको छ|

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ७ सय १ जनामा नमुना पिसिआर परिक्षण बाट १४ सय ५४ जनामा कोरोना संक्रमित पुष्टी भएको छ |

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ५१ हजार ९ सय १९जना पुगेका छन् | भने ३ सय २२  जनाको मृत्यु भएको छ |

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ९ सय ७२ जना घर फर्किएका छन् भने शुक्रबार सम्ममा कुल ३६ हजार ६ सय ७२ जना निको भएर घर फर्केका छन् ।

अहिले सम्म १४ हजार ९ सय २५ जना सक्रिय संक्रमित रहेका छन् | ६ हजार ४ सय ३८ जना होम आईसोलेशनमा रहका छन् भने ९ हजार २ सय ९१ जना संस्थागत आईशोलेशनमा रहका छन् |

Published On:  205पटक हेरिएको

तपाईको प्रतिक्रिया