काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ८१ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ | आज थप ६ जनाको मृत्यु भएको छ|
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १ सय ६७ जनामा नमुना पिसिआर परिक्षण बाट १ हजार ८१ जनामा कोरोना संक्रमित पुष्टी भएको छ |
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ४९ हजार २ सय १९ जना पुगेका छन् | भने ३ सय १२ जनाको मृत्यु भएको छ |
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ९ सय १८ जना घर फर्किएका छन् भने बुधबार सम्ममा कुल ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्केका छन् ।
अहिले सम्म १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् | ७ हजार ३५ जना होम आईसोलेशनमा रहका छन् भने ७ हजार ९ सय ८८ जना संस्थागत आईशोलेशनमा रहका छन् |