काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ९ सय ७९ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ | आज थप ११ जनाको मृत्यु भएको छ|
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार २ सय १८ जनामा नमुना पिसिआर परिक्षण बाट ९ सय ७९ जनामा कोरोना संक्रमित पुष्टी भएको छ |
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ४७ हजार २ सय ३७ जना पुगेका छन् | भने ३ सय जनाको मृत्यु भएको छ |
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ हजार ७ सय ३६ जना घर फर्किएका छन् भने सोमबार सम्ममा कुल ३० हजार ६ सय ७७ जना निको भएर घर फर्केका छन् ।
अहिले सम्म १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् | ७ हजार १ सय ९० जना होम आईसोलेशनमा रहका छन् भने ९ हजार ६९ जना संस्थागत आईसोलेशनमा रहका छन् |