बिहिबार कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या २ सय ५७ पुग्यो

काठमाण्डौ, नेपालमा कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ जसमा ४ जना महिला र २ जना पुरुष रहेका छन् |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा मृत्यु हुनेमा चितवनको ४० बर्षिया एक जना महिला, भक्तपुरको ४० बर्षिया एक जना महिला, तनहुको ९२ बर्षिया एक जना महिला, रुपन्देहीको ७७ बर्षिया एक जना महिला, रुपन्देहीको ६५ बर्षिया एक जना पुरुष र सिन्धुपाल्चोकको ७७ बर्षिया एक जना पुरुष रहेका छन् |

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ। जम्मा संक्रमित संख्याको ०.६ प्रतिशत मृत्यु रहेको छ |

तपाईको प्रतिक्रिया