बिहिबार काठमाडौँ उपत्यकामा ४ सय ४५ सहित १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टी

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १ हजार २ सय २८ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न  प्रयोगशालामा १३ हजार ४ सय १३ जनामा गरिएको नमुना पिसिआर परिक्षणबाट १ हजार २ सय २८ जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र ३५७,  ललितपुरमा ४७  र भक्तपुरमा ४२ संक्रमित भेटिएका छन् ।

यो वृद्धिसँगै कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ४२ हजार ८ सय ७७  जना पुगेका छन् |

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ९ सय १७ जना घर फर्किएका छन् भने बिहिबार सम्ममा कुल  २४ हजार २ सय ७ जना निको भएर घर फर्केका छन् ।

अहिले सम्म १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित रहेका छन् | ७ हजार ७ सय ४२ जना होम आईसोलेशनमा रहका छन् भने १० हजार ६ सय ७१ जना संस्थागत आईसोलेशनमा रहका छन् |

तपाईको प्रतिक्रिया