काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप

काठमाडौँ, काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढे संगै जारी निषेधाज्ञा १ हप्ता लम्ब्याउने निर्णय भएको छ | यस अघि भाद्र २ गते देखि १७ गते सम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो | यो संगै भाद्र २४ गते राती १२ बजे सम्मका  लागि निषेधाज्ञा लम्ब्याएको छ |

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको बैठकले संक्रमणको जोखिम बढ्दै गएकोले थप एक हप्ता निरन्तरता दिनुपर्ने निर्णय गरेको हो | यसको औपचारिक सूचना उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निर्णय गरेको छ |

निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ।  बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था मिलाइएको छ। अत्यावस्यक बस्तुको होम डेलिभरी गर्ने व्यक्तिको PCR रिपोर्ट नेगेटिभ हुनुपर्नेछ |

अत्याबश्यक वस्तु मध्ये खाध्य वस्तु, दुध र दुध जन्य पदार्थ, फलफुल/ तरकारी, माछा मासु आदि विक्री वितरण गर्ने पसलहरु बिहान ११  बजे सम्म खोल्न सकिने, अत्यावश्यक सेवाको कार्य गर्दा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्ण पालना गरी सेवा दिन सक्ने गरी निषेधाज्ञा जारी गरिएको छ |

कोरोना संक्रमण रोक्नको लागि गरिएको लकडाउन खुकुलो भएसँगै काठमाडौंमा उपत्यकामा मानिसहरुको चहलपहल बढेको थियो। यसै संगै काठमाडौँ उपत्यकामा कोरोंना संक्रमण बढेको थियो |

अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्।

 

तपाईको प्रतिक्रिया