बुधबार काठमाडौँ उपत्यकामा ३ सय ८८ सहित ११ सय २० जनामा कोरोना संक्रमण पुष्टी, थप १२ जनाको मृत्यु

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११ सय २० जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न  प्रयोगशालामा नमुना पिसिआर परिक्षणबाट ११ सय २० जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र ३५०,  ललितपुरमा २९  र भक्तपुरमा ९ संक्रमित भेटिएका छन् ।

गएको २४ घण्टामा थप १२ जनाको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको छ जसमा ६ जना महिला र ६ जना पुरुष रहका छन् | यो संगै २ सय ५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ |

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ४१ हजार ६ सय ४९  जना पुगेका छन् |

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ हजार १ सय १२ जना घर फर्किएका छन् भने बुधबार सम्म कुल  २३ हजार २ सय ९० निको भएर घर फर्केका छन् ।अहिले सम्म १८ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन् | ७ हजार ६ सय १५ जना होम आईसोलेशनमा रहका छन् भने १० हजार ४ सय ९३ जना संस्थागत आईसोलेशनमा रहका छन् |

Published On:  156पटक हेरिएको

तपाईको प्रतिक्रिया