काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार २ सय २१ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ७ सय १७ जनामा गरिएको नमुना पिसिआर परिक्षणबाट १ हजार २ सय २१ जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ संक्रमित भेटिएका छन् ।
यो वृद्धिसँगै कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ३८ हजार ५ सय ६१ जना पुगेका छन् |
नेपालमा कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट आज थप १४ जनाको मृत्यु भएको छ जसमा ४ जना महिला र १० जना पुरुष रहेका छन् |यो संगै कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेका छन् |
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर २ सय ६७ जना घर फर्किएका छन् भने शुक्रबार सम्ममा कुल २० हजार ८ सय २२ निको भएर घर फर्केका छन् ।
अहिले सम्म १७ हजार ५ सय १८ जना सक्रिय संक्रमित रहेका छन् | ६ हजार ९ सय ६ जना होम आईसोलेशनमा रहका छन् भने १० हजार ६ सय १२ जना संस्थागत आईसोलेशनमा रहका छन् |