शनिबार काठमाडौँ उपत्यकामा १ सय ८६ सहित ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टी

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ८ सय ८४ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न  प्रयोगशालामा ११  हजार ५  सय १६ जनामा गरिएको नमुना पिसिआर परिक्षणबाट ८ सय ८४ जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र १५५,  ललितपुरमा १९  र भक्तपुरमा १२ संक्रमित भेटिएका छन् ।

यो वृद्धिसँगै कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ३७ हजार ३ सय ४०  जना पुगेका छन् |

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ३ सय १३ जना घर फर्किएका छन् भने शुक्रबार सम्ममा कुल  २० हजार ५ सय ५५  निको भएर घर फर्केका छन् ।

अहिले सम्म १६ हजार ५ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् | ६ हजार ४ सय ४५ जना होम आईसोलेशनमा रहका छन् भने १० हजार १ सय ४५ जना संस्थागत आईसोलेशनमा रहका छन् |

 

Published On:  140पटक हेरिएको

तपाईको प्रतिक्रिया