काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ९ सय २७ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार २ सय २९ जनामा गरिएको नमुना पिसिआर परिक्षणबाट ९ सय २७ जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र ३५० , ललितपुरमा ११ र भक्तपुरमा ५४ संक्रमित भेटिएका छन् । आज उपत्यकामा अहिले सम्मकै बढी संक्रमित पुष्टि भएको हो |
कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ | नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ।
यो वृद्धिसँगै कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ३६ हजार ४ सय ५६ जना पुगेका छन् |
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ सय ६९ जना घर फर्किएका छन् भने शुक्रबार सम्ममा कुल २० हजार २ सय ४२ निको भएर घर फर्केका छन् ।
अहिले सम्म १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् | ६ सय ४० जना होम आईसोलेशनमा रहका छन् भने ९ हजार ५ सय ७३ जना संस्थागत आईसोलेशनमा रहका छन् |