बिहिबार काठमाडौँ उपत्यकामा ३ सय ७७ सहित १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टी

काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार १ सय ११ जना कोरोना संक्रमित पुष्टी भएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न  प्रयोगशालामा १२ हजार ६ सय २९ जनामा गरिएको नमुना पिसिआर परिक्षणबाट १ हजार १ सय ११ जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र २७०,  ललितपुरमा ६६  र भक्तपुरमा ४१  संक्रमित भेटिएका छन् । आज उपत्यका सहित देशभर अहिले सम्मकै धेरै संक्रमण पुष्टी भएको हो |

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ३५ हजार ५ सय २९ जना पुगेका छन् |

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ५ सय ६९ जना घर फर्किएका छन् भने बिहिबार सम्ममा कुल  २० हजार ७३ निको भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया