भाद्र ९, काठमाडौँ, केहि दिन यता काठमाडौँ, भक्तपुर र ललितपुरमा कोरोना संक्रमणको संख्या ह्वात्तै बढिरहेको छ | आज बुधबार काठमाण्डौ उपत्यकामा ३ सय १ जनामा संक्रमण पुष्टी भएको छ | जसमा काठमाडौँमा २३०, भक्तपुरमा २४ र ललितपुर ४७ जना रहेका छन् |
यो वृद्धि संगै उपत्यकामा जम्मा संक्रमितको संख्या ४ हजार १९ जना रहेका छन् त्यस्तै काठमाडौँमा मात्र ३ हजार १ सय ८७ जना संक्रमण पुष्टी भएका छन् | काठमाडौँमा मात्रै १७ जनाको मृत्यु भएको छ | पछिल्लो समय नेपालमा तिब्र रुपमा फैलिएको कोरोना भाईरस कारण काठमाडौँ उपत्यकामा मात्रै दैनिक २ सय माथि संक्रमित भेटिन थालेका छन् |
काठमाडौँ उपत्यकामा अहिले कोरोना संक्रमणको उच्च जोखिममा रहेको देखिन्छ | जम्मा संक्रमित मध्ये ११.७ प्रतिशत संक्रमित काठमाडौँ उपत्यकामा रहेका छन् |





