काठमाडौँ उपत्यकामा भाद्र १७ गते सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौँ, काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेको कारण थप १ हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ | यस अघि भाद्र ३ गते देखि १० गते सम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो | यो संगै भाद्र १७ गते सम्म निषेधाज्ञा लम्ब्याएको छ |

कोरोना संक्रमण रोक्नको लागि गरिएको लकडाउन खुकुलो भएसँगै काठमाडौंमा उपत्यकामा मानिसहरुको चहलपहल बढेको थियो। यसै संगै काठमाडौँ उपत्यकामा कोरोंना संक्रमण बढेको थियो |

काठमाडौँको समुदायमा नै कोरोना संक्रमण फैलिएको हुन संक्ने कारण उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निर्णय गरेको छ | निषेधाज्ञाको अवधिमा स्थानीयस्तरमा कन्ट्रयाक्ट ट्रेसिंङ्ग गरी कोरोनामा न्यूनीकरण गर्ने भनिएको छ | यो हप्ता पहिले भन्दा थप कडा निषेधाज्ञा गरिने भनिएको छ |  

अत्यावश्यक बाहेक काम बाहेक घर बाहिर ननिस्कन, अत्याबश्यक वस्तु मध्ये खाध्य वस्तु, दुध र दुध जन्य पदार्थ, फलफुल/ तरकारी, माछा मासु आदि विक्री वितरण गर्ने पसलहरु बिहान ९:१५ बजे सम्म खोल्न सकिने, अत्यावश्यक सेवाको कार्य गर्दा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्ण पालना गरी सेवा दिन सक्ने गरी निषेधाज्ञा जारी गरिएको छ |

तपाईको प्रतिक्रिया