बुधबार काठमाडौँ उपत्यकामा ३ सय १ सहित ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टी

काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ सय ८५ जना कोरोना संक्रमित पुष्टी भएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न  प्रयोगशालामा १३ हजार २ सय ५३ जनामा गरिएको नमुना पिसिआर परिक्षणबाट ८ सय ८५ जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र २३०,  ललितपुरमा ४७  र भक्तपुरमा २४ जना संक्रमित भेटिएका छन् । आज उपत्यकामा अहिले सम्मकै धेरै संक्रमण पुष्टी भएको हो |

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ३४ हजार ४  सय १८  जना पुगेका छन् |

गएको २४ घण्टामा निको भएर घर फर्किनेको संख्या ३८५ रहेको छ | बुधबार सम्म १९ हजार ५  सय ४  जना निको भएर घर फर्किएका छन्  |

तपाईको प्रतिक्रिया