सोमबार काठमाडौँ उपत्यकामा २ सय २४ सहित ७ सय ४३ संक्रमित थपिए

काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न  प्रयोगशालामा १० हजार २ सय ३४ जनामा गरिएको नमुना पिसिआर परिक्षणबाट ७ सय ४३ जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र १७७,  ललितपुरमा ३३ र भक्तपुरमा १४ जना संक्रमित भेटिएका छन् । त्यस्तै  आज थप ८ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ |

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस  (कोभिड-१९) बाट मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ भने संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

गएको २४ घण्टामा निको भएर घर फर्किनेको संख्या १७५ रहेको छ | सोमबार सम्म १८ हजार ८ सय ६ जना निको भएर घर फर्किएका छन्न्  |

तपाईको प्रतिक्रिया