आईतबार ८ सय १८ जनामा कोरोना संक्रमण

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर गरी ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण निको भएर १८ हजार ६ सय ३१ जना घर फर्किएका छन् । देशभर गरी ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया