काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ५ सय १९ जनामा गरिएको नमुना पिसिआर परिक्षणबाट ६ सय ३४ जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित भेटिएका छन् । त्यस्तै आज थप ९ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ |
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ भने संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।
गएको २४ घण्टामा निको भएर घर फर्किनेको संख्या १३६ रहेको छ | १२ हजार ६ सय २१ जना आईसोलेशनमा रहेका छन् |






