बिहिबार ७ सय ७ जनामा संक्रमण पुष्टी, काठमाडौँ उपत्यकामा मात्र २०० जना, थप ६ जनाको मृत्यु

काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७ सय ७ जना कोरोना  संक्रमित थपिएका छन् |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न  प्रयोगशालामा ११ हजार ८ सय ३२ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट ७ सय ७ जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् । त्यस्तै  आज थप ६ जनाको कोरोना संक्रमण बाट  मृत्यु भएको छ |

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस  (कोभिड-१९) बाट मृत्यु हुनेको सङ्ख्या १२६  पुगेको छ भने संक्रमितको संख्या २९ हजार ६  सय ४५  पुगेको छ ।

Published On:  272पटक हेरिएको

तपाईको प्रतिक्रिया