शुक्रबार ४ सय ६४ कोराना सक्रमित थपिए

अम्बिका वस्ती
काठमाडौं– पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ९ सय २६ नमुना परीक्षण गरिएकोमा ४ सय ६४ मा कोरोना पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

कुल संक्रमितको संख्या मध्ये ७० जनाको मृत्यु भएको छ भने १५ हजार ८ सय १४ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

 

शुक्रबार थपिएका कोरोना संक्रमित :
शुक्रबार सबैभन्दा धेरै पसार्मा १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यस्तै, काठमाडौंमा ८८ मोरङमा ६४ बाँकेमा २९ सप्तरीमा २९ कैलालीमा १८ बर्दियामा १५ सर्लाहीमा १२ धनुषा र कास्कीमा ११/११ ललितपुरमा १० र बारामा ९ नुवाकोटमा ८ रौतहटमा ५ भक्तपुर नवलपरासी र कालीकोटका ४/४ झापामा र तनहँमा २/२ तथा सुनसरी, सिन्धुपाल्चोक, नवलपुर, गुल्मी, स्याङ्जा, अछाम, सुर्खेत, कञ्चनपुरमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया