एक हिरो– जो फिल्ममा मात्रै होइन, यथार्थमै विपन्नका सारथी बने

काठमाडौं–उनी आफूलाई कलाकार ठान्छन्, दुईवटा चर्चित फिल्ममा हिरोको सफल भूमिका निभाएयता । अनिछिट्टै परिचित पनि भएका थिए, फिल्मकै कारण । सात–आठ वर्षअघि निर्माण भएका दुई चलचित्रमा राज घिमिरेले निभाएको भूमिकालाई दर्शकले खुवै रुचाए । उनले अभिनय गरेका लुट र चपलिहाइट फिल्मले उनीलाई मात्रै नयाँ उचाईमा पु¥याएको थिएन, नेपाली फिल्म जगतलाई नै आधुनिकतातर्फ मोडेको थियो । यी दुई फिल्मबाट उनलाई धेरैले ठम्याए ।

त्यसयता भने उनी पर्दामा देखिएनन् । कलाकारहरु कलाकारितामै सिमित हुनपर्छ भन्ने भ्रम उनले तोडिदिएका छन्, सामाजिक कार्यमा लागेर । पछिल्ला वर्षहरुमा उनी सामाजिक कार्यमा मोडिएका छन् । पर्दामा हिरोको भूमिका निभाएका घिमिरे पछिल्ला वर्षहरुमागाउँ र विपन्न केन्द्रित भएर काम गर्दै आइरहेका हुन् । कलाकारहरुले कथाहरु सिर्जना गर्दामात्रै दुःखी पात्र खोज्ने तर तीनै कथाका दुःखी पात्रलाई परेको बेला सहयोग गर्न तत्पर नरहेकोप्रति आपत्ति जनाए । उनले भने्’, ‘सामाजिक सहयोग र मन फैलाउनु पनि कलाकारिता हो, हामीले दुःखीलाई हेरेनौं भने उनीहरु कसरी बाच्ने ?’

चलचित्र क्षेत्रका अघिकांश कलाकारहरु कोरोना संक्रमणबाट सुरक्षितरहन होम क्वारेन्टाइनमा बसिरहेका बेला एकजना नायक भने विहानैदेखि दुःखी गरिबको सेवामा खटिरहेका छन् । व्यक्तिगत समस्या रकोरोनोको त्रासलाई प्रवाह नगरी नायक घिमिरे यतिखेर ललितपुरको गोदावरी क्षेत्रमा राहत वितरणर जनचेतना फैलाउन सक्रिय देखिएका हुन् ।

 

 

राजनीतिककर्मी र स्थानीय सरकारको उपस्थिति नभएको ठाउँमा उनको उपस्थिति देखिएको

छ । सरकारको राहत पर्खिएर बसेका स्थानीयलाई उनैले खुशी पार्दै आइरहेका छन् । एकाविहानैदेखि उनी आफ्नो निजी सवारीमा माइक घन्काउँदै स्थानीयको घर दैलो समक्ष पुग्छन् । ग्रामिण क्षेत्रका वासिन्दालाई कोरोनाको चेतना मात्रै दिँदैनन् विपन्नको दैलोमै खाद्यान्न लगायत अत्यावश्यक वस्तु पु¥याउने गरेका छन् । यतिमात्रै होइन, उनले गोदावरी नगरपालिकाको कोरोना राहत संकलन कोषलाई ५५ हजार हस्तान्तरण गरेका छन् । कलाकारले सहयोग गरेको देखेपछि अन्य राजनीतिककर्मीहरुले पनि रातह कोषमा रकम जम्मा गर्न लागेको गोदावरी नगरपालिकाले जनाएको छ ।

महामारीको बेला गरिबको अवस्थालाई ख्याल गर्दै उनी घरघरमा पुगेपछि स्थानीय पनि दंग छन् । उनले खाद्यान्न मात्रै वितरण नगरी कोरोना फैलन नदिनको लागि पम्पमार्फत स्थानीयको घरघरमा किटनाश

क औषधि छर्किएका छन् । सरकारले भित्रै बस्न आग्रह गरेपछि सिमित ठाउँमा बसेर दैनिकी गुर्जान असहज परेकाहरुलाईसहयोग गर्दै आइरहेका नायक घिमिरेले बताए ।‘म कलाकार हुँ, मलाई अन्य कुनै लोकप्रियता चाहिएको छैन, संकटको बेला दुःखी गरिबहरु चपेटामा नपरुन् भन्ने सोच हो,’ उनले सुनाए । उनले गोदावरी र बागमती गाउँपालिकाका ग्रामिण भेगमा पु

गेर ५० बोरा भन्दा बढी चामल वितरण गरिसकेका छन् । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट जोगिन साबुन, स्यानिटाइजर, मास्क, पन्जालगायत साम्रगी स्थानीयलाई वितरण गर्दै आइरहेका छन् । कुनै संस्थासँग नजोडिएका घिमिरेले आफ्नो व्यक्तिगत रकम विपन्नको लागि खर्च गरेका हुन् ।

राजनीतिक व्यक्तिहरु देखा पर्नुपर्ने ठाउँमा अहिले घिमिरे नै अग्रसर भएर लागिपरेका छन् । उनी आफूलाई सुरक्षित राख्न उनी हातमा पञ्जा, मास्क, चस्मा लगाउँछन् । राहत सामग्री हस्तान्तरण गर्दा उनी सामाजिक दुरी कायम राख्छन् र कोहीसँग झ्याप्पै नजिक पर्दैनन् । अलि परै बसेर सहयोग गर्छन् । सरकारले घरबाहिर ननिस्कनु भनेतापनि गरिबलाई राहत प्याकेज नछुट्याउँदा उनीहरुलाई दैनिकी गुर्जान असहज भइरहेकोले आफू गाउँ

गाउँ पुगेको उनको भनाई छ ।

१५ दिन यता गोदावरी नगरपालिकाका १ देखि ४, १०, १३ र १४ वडामा घिमिरेले कोरोना संक्रमणबारे माइकिङ तथा राहत सामग्री उपलब्ध गराएका हुन् । ललितपुरको दक्षिणी भेगमा पर्ने भट्टेडाँडा र छपेली क्षेत्रमा पनि उनी माइकिङ गर्र्दै पुगेका थिए ।

सरकारले कोरोना संक्रमणको भयलाई ध्यानमा राख्दै सर्वसाधारणलाई घर बाहिर ननिस्कनु भनेको छ । तर, दैनिक परिश्रम गरेर छाक टार्दै आएका सर्वसाधारणलाई यतिबेला दैनिकी गुजार्न कठिन भइरहेको अवस्था छ । सरकारले ज्याला मजदुरी गरेर खाने सर्वसाधारणको लागि कुनै राहत प्याकेज घोषणा गरेको छैन । ‘यतिबेला सहर र गाउँको माहोल बेग्लाबेग्लै छ, सहरमा मानिसहरु घरभित्रै छन्, उनीहरुको अवस्था देख्दा दयनीय लागेर सहयोग गर्न लागेको हुँ,’ उनले भने ।
क्याप्सनः स्थानीयको घरघरमै सामग्री पु¥याउँदै नायक राज घिमिर ।

तपाईको प्रतिक्रिया