मन, वचन र कर्मले अहिंसावादी कृष्ण गुरुङ

– दुर्गा भट्ट

उनी माछामासु खाँदैनन् । दूध र मह समेत खाँदैनन् । पशुपंक्षीका रौं तथा हड्डीबाट बनेका कुनै पनि सामान प्रयोग गर्दैनन् । छालाबाट बनेका सामान किन्नु र प्रयोग गर्नु त परै जाओस्, छुँदा पनि छुँदैनन् ।

अहिंसाका यी पूजारी हुन् कृष्ण गुरुङ, उनी महाभारतकालीन कृष्ण होइनन् जसले युद्धका लागि पाण्डव र कौरवहरुलाई उकासेका थिए । यी हुन् तनहुँका कृष्ण जो युद्ध र ंिहंसाको नामै सुन्न चाहँदैनन् ।

माछामासु नखाने सबै मानिस शाकाहारी होइनन् । उनीहरुले मह, दूध अण्डा खान्छन् । तर, कृष्ण गुरुङ कुनै पनि रुपमा, कुनै पनि स्वरुपमा जीव हत्याबाट उत्पादन हुने कुनै पनि खालको वस्तु प्रयोग गर्दैनन् । खाने त कल्पना समेत गर्न सक्दैनन् । मन, वचन र कर्मले सम्पूर्ण रुपमा आफू अहिंसावादी भएको कृष्ण बताउँछन् ।

त्यो बेलाका मांसभक्षी कृष्ण तनहुँको भानु गाउँपालिका वडा नं. १३, सम्जुर माझगाउँमा कृष्ण जन्मिए, हुर्किए । स्थानीय चन्द्रावती उ.मा.वि.बाट एसएलसी ०४७ सालमा गरे । त्यसपछि काठमाडौँ आई ललितकला क्याम्पस पढ्न थाले । युवा मन थियो, युवा जोश थियो, लाउँलाउँ खाउँखाउँ उमेर थियो । त्यसबेला कृष्ण पनि माछामासु मजासँग खान्थे । अण्डा खान्थे, मह खान्थे । दूध त सधैं खान्थे ।

हाल उनी ४६ वर्षका भए । २४ वर्षको उमेरसम्म उनी सबै चिज खान्थे । मदिरा भने उनले कहिल्यै पिएनन् तर बाँकी ती सबै चिज खान्थे जो खाने कल्पना समेत अहिले गर्न सक्दैनन् ।

पूरै मांसभक्षी कृष्णभित्र क्रान्ति कसरी भयो ? जवाफमा कृष्ण भन्छन्– “म एकै दिन या रातारात भेगान बनेको होइन ।”

बाल्यकालमै उनीभित्र ममता र करुणा जागृत भएको थियो । सानैदेखि पशुपंक्षी मन पराउँथे, माया गर्थे । पशुपंक्षी घाइते भएको देख्दा दुखी हुन्थे । कथाहरू सुन्न मन पराउँथे । त्यसमा पनि बुद्धको जीवनी मनपथ्र्यो । “के पशु पन्छि नखाई मानव जीवन सम्भव छैन ?” भन्ने प्रश्नले बारम्बार पिरोलिन्थे । “यदि सम्भव छ भने मैले त्यो साहस गर्नुपर्छ” भन्ने अठोट सानैदेखिको थियो ।

उमेर बढ्दै गयो, उनी जवान हुँदै गए । उनीभित्रको दया र करुणाको भाव झन्झन् गाढा हुँदै गयो । अन्तत त्यो दिन पनि आइपुग्यो । त्यो दिन अर्थात् माछामासु खान छाड्ने दिन । त्यो दिन थियो– ०५५ साल । उनी थिए २४ वर्षका ।

कतिपय मानिसहरू भन्छन्– माछामासु त्यागेर शाकाहरी बन्न गाह्रो हुन्छ । तर, कृष्ण भन्छन्– “निर्विकल्प केही छैन । खाली विकल्पहरूको खोजि नभएको मात्र हो । अहिले पश्चिमी देशहरूमा वषौँ देखि भेगान बनेका पहलमान, भेगान खेलाडीहरू धेरै छन् । जस्तै ३ पटक सम्म विश्वकै बलियो व्यक्तिको अवार्ड पाएका प्याट्रिक ब्याबुमियन । भेगान किक बक्सर डेभिड हे ।”

कृष्णको जीवन यात्रा शाकाहारी बनेर मात्र रोकिएन । उनी अहिंसाप्रति परम् दृढ बन्दै गए । र, कृष्णको जीवनमा अर्काे एउटा सुन्दर दिन आयो । त्यो दिन थियो– भेगान बनेको । ०५८ सालको कुरा हो यो ।

शाकाहारी मात्र होइन, सम्पूर्ण रुपमा शाकाहारी अर्थात् भेगान बने कृष्ण । त्यसबेला २७ वर्ष पुगेका

थिए ।

हुनत उनी पहिले नै अलिअलि गर्दै भेगान बन्दै गएका थिए । तर, ह्रदयभित्रबाट सम्पूर्ण रुपमा भेगान बन्ने अठोट गरेका थिएनन् । भेगान बन्ने अठोटपछि उनले दूधदही, मह, घिउ सबै चिज त्यागे । छाला र पंक्षीका प्वाँखबाट बनेका सबै चिज त्यागे । छालाको पेटि र जुत्ता लगाउन छाडे ।

कृष्ण भन्छन, ‘पशुपन्छीमा पनि चेतना हुन्छ, भलै मानिसमा जति नहोला । तर उनीहरुमाथि मानिसहरु निर्मम बनेको देखेर मन साह्रै पोल्छ ।’

त्यो सुन्दर साथ
असाध्यै सुन्दर र प्रेरणादायी छ कृष्ण गुरुङको जीवन यात्रा र भोगाई । हुनत हरेक मानिसको जीवन भोगाई र यात्राको खास विशेषता र मौलिकता हुन्छ । तर, कृष्णको जीवन अरुको भन्दा धेरै नै फरक छ भन्ने माथि नै वयान गरियो ।

कृष्णका परिवार चाहिँ के खान्छन् ?

कृष्णको यो खालको जीवन यात्रा सम्भव हुने थिएन मिना गुरुङको साथ बिना । ०५० मा कृष्णले विवाह गरे मिनासँग ।

कल्पना गरौँ – मिना पनि कृष्ण हिँडेकै बाटो हिँडेकी थिइनन् भने के हुन्थ्यो ? तर, कृष्णको जीवन यात्रा सफल छ मिनाले पनि त्यही बाटो हिँडेकाले । कृष्णले शाकाहारी बन्ने निर्णय गरेसँगै मिना पनि शाकाहारी बनिन् । पतिको निर्णयमा समर्थन र हौसला थपिन् ।

मिना कसरी मानिन् त ? कृष्ण भन्छन्– ‘प्रेम रोज्ने कि हिंसा रोज्ने भन्ने प्रश्नमा हिंसा रो

ज्ने मानिस त हुँदै हुँदैन नि । मिनाले हिंसा होइन प्रेम रोजिन् । कृष्णको भनाईमा मानिस जन्मजात फलाहारी÷शाकाहारी प्राणी हो । प्राकृतिक अवस्थामा वा बिनाहतियार वा बिना प्रशोधन मानिस एउटा कुखुरो पनि मारेर रुचिपूर्वक, सुपाच्य हुनेगरी खान सक्दैन । काँचो रगतको गन्ध पनि मन पराउँदैन । जबकि मांसाहारी प्राणीलाई ५ सय मिटर टाढाको प्राणीको रगतको गन्ध थाहा हुन्छ । मांसाहारको कुलत त परिवारले सन्तान माथि थोपरेको न हो ।

यो दम्पत्तिको छोरा र छोरी छन् । छोरा गगन २५ वर्षका भए, छोरी गरिमा २० वर्षकी भइन् । उनीहरु पनि बाआमाकै बाटोमा हिँडेका छन् । सडकका घाइते जनावरको उद्धारमा उनिहरूको पनि सक्रिय सहभागिता हुने गर्छ ।

छोराछोरीले पनि अहिलेसम्म माछामासु तथा पशुपंक्षीको छाला र प्वाखबाट बनेका कुनै

पनि सामाग्री प्रयोग गरेका छैनन् । त्यस्ता लुगा पनि लगाउँदैनन् ।

कृष्ण अहिले आफू मात्र होइन, सम्पूर्ण मानिसलाई भेगान बन्न प्रेरित गरिरहेका छन् ।

कृष्णको परिवारमा आमा बुवाले भने अझै पनि माछामासु खान्छन् । तर, उनले
आफ्नो घरको कुल पूजामा काटिने कुखुराको ठाउँमा फूल अक्षता मात्रले पूजा गर्ने गर्ने चलन चलाएका छन् ।

उनीमा यस्तो भेगान बन्ने प्रेरणा मोहनदास करमचन्द गान्धीको जीवनी पढेर जागेको हो ।

उनी भन्छन– ‘मानवजस्तो चेतनशिल प्राणीले पशु–पन्छीमा हुने माया र चेतना नबुझ्नु दुःखद छ ।’ नेपाल बुद्ध जन्मेको देश भएर पनि यसरी जीव हत्यामा रमाउनु हिंसातिर उन्मुख हुनु हो ।

चाडपर्वमा माछामासु सेवन
पछिल्लो समय युवाहरुमा पनि पशु तथा जीवको हत्या गरिनुहँुदैन भन्ने चेतनाको विकास भएकोमा कृष्ण खुसी छन् । भन्छन– “कतिपय युवाले मबाट प्रभावित भएर भेगान भएको बताउँछन्, मलाई खुसी लाग्छ ।”

पछिल्लो समय भेगान बन्ने लहर विश्वव्यापी रुपमा चलिरहेको कृष्ण बताउँछन् ।

मासु खाने र नखाने आ–आफ्नो इच्छ््याको कुरा हो भन्ने आम धारणाका विषयमा कृष्ण भन्छन्– “आफ्नै मासु खाने पो आफ्नो इच्छाको कुरा हुन्छ त । अरुको मासु त अरुकै इच्छा हुन्छ नि । स्याउ खाने कि सुन्तला भन्ने पो आ–आफ्नो रुचिको कुरा हो त, अन्न सागपात खाने कि मासु खाने भन्ने त रुचि हैन, यो त प्रेम रोज्ने कि हिंसा भन्ने हो ।”

कृष्णको नेतृत्वमा नेपाल शाकाहारी संघ
कृष्ण मन वचन र कर्मले भेगान बनिसके । अहिंसावादी बनिसके । उनी नेपाल शाकाहारी संघमा आवद्ध छन् । यो संस्था आइभीयू ९क्ष्लतभचलबतष्यलब िख्भनभतबचष्बल ग्लष्यल० संग आवद्ध छ र आइभीयूको नेटवर्क विश्वका १ सय २९ देशमा छन् । उनी संस्थाको अध्यक्ष पदमा कार्यरत छन् ।

नेपालमा उनी र उनीजस्ता शाकाहारीहरूले नेपाल शाकाहारी संघ मार्फत समाजमा जनावरका बाँच्न पाउने अधिकार रक्षार्थ सचेतना जागरणको अभियान सञ्चालन गरिरहेका छन् । उनीहरू मानिसलाई शाकाहारी मात्र नभएर भेगान बन्न प्रेरित गर्छन् ।

भेगान भन्नाले जनावरबाट आउने कुनै पनि खाद्य वा उपभोग्य वस्तु प्रयोग नगर्ने भन्ने बुझिन्छ । जस्तै, माछा, मासु, दुध, दही, पनीर, घ्यू, बटर, अण्डा, मह, छाला हड्डीजन्य वस्त्र, गहना, मह, रेशम आदि भेगानहरू प्रयोग गर्दैनन् । भन्छन् –“सम्भव भएसम्म हाम्रा कारणले कुनै पनि प्राणीले दुःख भोग्नुनपरोस्, मृत्यूवरण गर्नु नपरोस्। अर्थात् हामीले खाएको दुधका कारणले कुनै गाईलाई बुढी भएर दुध सुकेपछि सडकमा फालिनु नपरोस् । कुनै बाच्छोले सडकमा भोकै मर्नु नपरोस् । हामीले लागाएको उनीको कारणले कुनै पशुले खुइलिनु नपरोस् । हामीले खाने आहारका लागि कुनै निमुखा जनावरले मर्नु नपरोस् ।”

“मानिसमा हराउँदै गइरहेको दया करुणा र अरुको दुःख प्रति सम्बेदनशील हुने प्रवृत्तिका कारण स्वयं पशुपन्छि मात्र हैन मानव आफै पनि समाजमा बढ्दै गइरहेको हत्या हिंसाबाट आक्रान्त बन्दै गइरहेको छ । तसर्थ मानिसमा दया करुणा र अरुको दुःख प्रति सम्बेदनशील हुनसक्ने क्षमताको विकास गरेर पृथ्वीलाइ नर्क हैन जीवित स्वर्ग बनाउनु पर्छ ।” कृष्ण बताउँछन् । “त्यसका लागि शाकाहारी सचेतना अभियान उत्तम विकल्प हो साथ साथै शाकाहारवादलाई दीगोपन दिन यो विषयलाई मानिसको जनजिविकासंग जोड्नुपर्छ त्यसका लागि शाकाहारी व्यवसायहरू जस्तैः शाकाहारी रेष्टुरेण्ट, शाकाहारी भेगान उत्पादनहरू सम्बन्धी साना ठूला उद्योगहरू आदिलाई प्रवद्र्धन गर्नुपर्छ ।”

कति छन् नेपालमा भेगान ? कृष्ण भन्छन– “यति नै भनेर भन्ने तथ्याङ्कगत आधार नभए पनि हाम्रो अनुमानमा नेपालमा ७५ लाख जति शाकाहारीहरू र ५० हजार जति भेगानहरू होलान् भन्ने अनुमान छ। हाम्रो सम्पर्कमा ५ सय जना छन् । यो संख्या तिब्र गतिमा बढ्दैछ ।”

भेगान बनेकोमा कृष्णलाई गर्व छ ।
तपाईं पनि भेगान बन्ने हो कि ?

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush