विद्यार्थी आकर्षणको केन्द्र बन्दै मनमोहन कलेज

काठमाडौं– मनमोहन मेमोरियल कलेज काठमाडौंको र्सोहखुट्ेमा रहेको छ । विं. सं २०५६ सालमा स्थापना भएको यो कलेजले अहिलेसम्म हजारौ विद्यार्थीलाई शैक्षिक गन्तब्य देखाएको छ । प्लस टु देखि स्नातकोत्तर सम्मका विभिन्न संकायमा गरी अहिले यो कलेजमा २ हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । प्लस टु मा यस कलेजले, व्यवस्थापन, मानविकी र शिक्षा गरी ३ वटा संकायमा अध्यापन गराउँदै आएको छ ।

यस बर्ष मात्र मनमोहन मेरोरियल कलेजको प्लस २ तहमा ५ सय भन्दा बढि विद्यार्थी भर्ना भएका छन् । सस्तो र गुणस्तरीय शिक्षा नै मनमोहन कलेजको मुख्य ध्ये भएकाले हरेक बर्ष यस कलेजमा विद्यार्थी चाप बढ्दै गएको क्याम्पस प्रमुख द्रोन बहादुर अधिकारी बताउनुहुन्छ । त्यस्तै, यस कलेजले स्नातकमा व्यवस्थापन, मानविकी र शिक्षा अध्यापन गराउँदै आएको छ भने स्नातकोत्तरमा शिक्षा र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ । अन्य कलेजहरूको तुलनमा मनमोहन मेमोरियल कलेजको बार्षिक नतिजा पनि राम्रो रहेको छ । अनुभवी र दक्ष ९० जना लेक्चरलहरूले यस कलेजमा अध्यापन गराउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया