नयाँ बर्षमा स्टार अटोको विशेष अफर

काठमाडौं– नयाँ बर्षको अवसरमा काठमाडौको लैनचौरमा रहको स्टार अटोले मोटरसाइकल खरिद विक्रीमा विशेष अफर ल्याएको छ । बजाज बाइकको आधिकारिक विक्रेता रहेको अटोले नया“ बर्षको अवसरमा लक्की ड्र, शोरूमबाटै फाइनान्स र पुरना मोटरसाइकल खरिदक्रिी गर्ने योजना ल्याएको सोरूमका सञ्चालक डीवी बस्न्यातले जानकारी दिनुभयो । यस सोरूमबाट बजाजका सबै मोडलका बाइक खरिद गर्न सकिन्छ ।

स्टार अटोले सार्वजनिक गरेको यो अफर अनुसार कुनै पनि मोटरसाइकल ४० प्रतिशत डाउन पेमेन्ट गरी २ बर्षसम्मको किस्तामा खरिद गर्न सकिन्छ । किस्ता र पुल पेमेन्टमा खरिदने क्रेताले पाँच बर्षको अफर अन्तर्गतको लक्की ड्र को कुपन स्क्राच गरी पा“च हजारदेखि १ लाखसम्मको नगद पुरस्कार जित्न सक्छ ।

लक्की ड्र भने बजाज कम्पनीको मुख्य डिलर साझेदारीमा दिइएको अफर हो । सुविधासम्पन्न मोटरसाइकल सर्भिस सेन्टर भएको यस अटोले बजाजको कुनैपनि मोडलको काम नलाग्ने मोटरसाइकलाई पनि ३० हजार दिएर खरिद गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया