काठमाडौं– राजनीतिक सक्रमणको अन्त्य हुदै गएपनि स्वदेशमा बैदेशिक लगानी भने घट्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो आंकडाले नेपालमा बैदेशिक लगानी घटेको देखाएको हो । गत बर्षको यो अवधिसम्म चालु आर्थिक बर्षको यो अवधिलाई दाजेर हेर्ने हो भने बैदेशिक लगानी झण्डै ४० प्रतिशतले घटेको देखिन्छ । चालु आर्थिक बर्षको यस अवधिमा ६ अर्ब ७८ करोड रुपैया बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन गतबर्षको भन्दा ४० प्रतिशतले कम हो । देशमा स्थिर सरकार बनेपछि राजनीतिक अस्थिरता अन्त्य भएको र विदेशी लगानी प्रोत्साहन हुने खालका नीति बनेकाले ठूलो मात्रमा विदेशी लगानी भित्रने अनुमान गरिएको भएपनि अझै वैदेशिक लगानी भित्रने वातावरण बनि नसकेको अर्थविद् बताउ“छन् ।
मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको समयमा ठूलो मात्रामा लगानी घट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । झन्झटिलो प्रक्रिया, सरकारी तवरबाट लगानी वातावरण बन्न नसक्नु र असुरक्षाको कारण नेपालमा बैदेशिक लगानी बढ्न नसकेको अर्थविद्हरूको छ डा. चन्द्रमणि अधिकारी बताउनुहुन्छ । हालसम्म जम्मा १ सय ७१ वटा प्रोजेक्टका लागि करिब ७ अर्ब रुपैयाको प्रतिबद्धता आएको हो । उद्योग बाणिज्य तथा आप्रति मन्त्रालयका अनुसार साना प्रकृतिका उद्योगमा मात्र बढि लगानी आएको देखिन्छ । मुख्यतः ठूला उद्योग अन्तर्गत जलविद्युत पर्ने भएपनि जलविद्युतमा ठूला लगानी भित्रिन सकेको छैन । सम्बन्धित मन्त्रालयले भने वैदेशिक लगानी भित्राउन सरकारले आवश्यक तयारी गरीरहेको दाबि गरेको छ ।