सकसमा कर्मचारी समायोजन

काठमाडौं– लामो समयको कसरतपछि शुरू गरिएको कर्मचारी समायोजन कसरी अगाडि बढ्छ भन्ने कुरा धेरैको चासोको विषय बनिरहेको छ । प्रदेश प्रतिनिधिसभाको चुनाव अघि नै भइसक्नु कर्मचारी समायोजन हाल आएर मात्र शुरू भएपनि अझै समायोजनमा अझै धेरै जटिलता आउन सक्ने देखिएको हो ।

समायोजनमा जाने कर्मचारीले आफ्नो विस्तृत विवरण सहित अनलाइन फारम भर्नुपर्ने भएपनि अनलाइन सेवा त्यति चुस्त हुन सकेको छैन । हुन त समायोजमा जान चाहने कर्मचारीले अगामी माघ २ गतेसम्म अनलाइन फारम भर्न सक्नेछन् । विभिन्न किसिमका प्राविधिक समस्याका कारण सबैले कर्मचारीले अनलाइन फारम सहज रूपले भर्न नपाएको पनि गुनासो आइरहेको छ । यति मात्र नभई कर्मचारी समायोजनको लागि तथ्याङ्क संकलन गर्ने क्रममा गल्ती भएका कारण कर्मचारीको कार्य प्रकृति नमिल्ने गरी फारम भरिएको पाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजका क्रममा साना तिना समस्या देखिएपनि यो प्रक्रिया सहज रूपले अगाडि बढिरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेस अधिकारीले जानकारी दिनुभयो । कर्मचारीले समायोजनका लागि अनलाइन फारम भरिसकेपछि मन्त्रालयले बरिष्ठता र योग्यताको आधारमा समायोजनको नतिजा निकालेर तीनै तहमा कर्मचारी पठाउने भनिएको छ । तर भरिएको फारम र कर्मचारीको कार्यक्षेत्र छनोट कसरी हुने स्पष्ट छैन । संघीयमा मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस १८ गते कर्मचारी समायोजन सम्बन्धी २१ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

तपाईको प्रतिक्रिया