प्याब्सन काठमाडौं महानगरको पहिलो अधिवेशन सम्पन्न

काठमाडौं–निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं महानगरपालिका कमिटिको गठन भएको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यरत व्यक्तिहरूको नेतृत्वमा यो कमिटिको गठन भएको हो ।

आइतबार ठामाडौंमा गठन भएको यो कमिटिमा अध्यक्ष मुरारी प्रकाश सन्जेल, बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर श्रेष्ठ कोषाध्यक्ष देबु खड्का, सह–सचिब रामचन्द्र भट्ट र दिनानाथ मैनालि र नितेश राई,, सहकोषाध्यक्ष राजेन्द्र थपलिया सर्वसम्मत चयन हुनुभएको छ । कमिटिमो २ उपाध्यक्ष र १ जना सचिव भने केही समयपछि नियुक्ति गर्ने सहमति भएको छ ।

प्याब्सन काठमाडौं महानगर कमिटीले काठमाडौ महानगर क्षेत्र भित्रका विद्यालयका शैक्षिक गुणस्तर सुधार्ने, शिक्षा क्षेत्रमा विशेष टेवा पुर्‍याउने लगायतका लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया