- दीपा प्रसाई
बाटो गल्ली अनि चोक–चोक रात दिन
सधैं म छोरी मान्छे कै छ बीजोग
सानो छ्दा टुकु–टुटु पाइला सार्न सिकाउने बुबाको छुट्टै भोक
गल्ली हिड्ने गुन्डा अनि फटाहरुको छुट्टै भोक
आईमाई, केटी अनी बालीकाको शरीरको प्यास पापीहरूको भोक
अनि यो सबै भोक्को सिकार बन्न पुग्ने चेलीबेटीको चोट
कस्ले बुझ्न सक्छ र ?
कस्ले बुझ्न सक्छ र चेलीबेटीको चोट
पीडै पीडामा बाच्नु पर्छ लागेपछि एक पटक खोट
बाटो गल्ली अनि चोक–चोक खै कसरी हिड्नु म छोरीको भयो बिजोग
छिमेकीले भन्छन, विचरा कठै बरीको इज्जत लुटीयो अब खोइ कस्ले विहे गर्छन र त्यो बिचरीलाई
पीडा अनि चोटै–चोट भएको यो कलेजोमा नुन छर्की दिन्छन्
नरो नानी तेरो गल्ती छैन भनी खै कस्ले भनीदीन्छन्
ठीक्क पर्यो मर्काउदै हिड्थी कम्मर जा गएर भनिदे कतै गइ मर
त्यो केटाको के दोष, केटी देख्यो मन मच्चीयो त्यही केटीको विजोग
कस्ले बुझ्न सक्छ र , कस्ले बुझ्न सक्छ र चेलीबेटीको चोट
पीडै पीडामा बाच्नु पर्छ लागेपछि एक पटक खोट