मुख्य प्रशिक्षक सञ्जुको सक्रियता, सेल्फ डिफेन्सको काइदा

काठमाडौं–पछिल्लो समय देशैभर महिला हिंसाका घटना बढिरहेका छन् । अशिक्षा, पुरूषवादी सोचको हाबि, महिला पहुँचको कमी, रूढीवादी परम्परा र गलत प्रवृत्तिको हावि जस्ता कारणले महिला हिंसाका घटना बढिरहेका छन् । महिला हिंसा नियन्त्रण अहिले आम चासो र राजनीतिक मुद्दाको विषय बनिरहेको छ । जनचेतना फैलाउनु महिंला हिंसा न्यूनीकरणको एउटा बलियो उपाय हो । तर महिला हिंसा रोक्न खोज्दा खोज्दै कही न कही केही न केही घटना त भइनरहछन् ।

यसर्थ महिला हिसांमा महिला माथि हुने शारिरिक र मानसिक क्षति रोक्न वा महिला हिंसाबाट बच्न हरेक उमेर समूहका महिलाहरूले सेल्फ डिफेन्स बारे सामान्य जानकारी राख्ने भन्ने यसले ठूलो सहयोग गर्दछ । यही कुरालाई मध्यनजर गर्दै सेल्फ डिफेन्सकी नेपालकी एक मात्र महिला प्रशिक्ष्क सञ्जु महर्जन दिनरात महिलाहरूलाई सेल्फ डिफेन्सको ज्ञान बाड्न व्यस्त छिन् ।

सञ्जु आफैले कार्यक्रमको आयोजना गरेर होस् या विभिन्न ठाउँमा गएर होस् महिला दिदीबहिनीहरूलाई यदि महिला हिंसा पर्ने खतरा बढे कसरी त्यसबाट उम्कने सेल्फ डिफेन्सको कला सिकाइरहेकी छिन् । हेरौ सञ्जुको प्रशिक्षण फोटोबाट ।

Published On:  1364पटक हेरिएको

तपाईको प्रतिक्रिया