‘नेपालीको क्यान्सर उपचार नेपालमै’ सचेतनाका लागि मैनबत्ति प्रज्वलन

ललितपुर–नेपालीको क्यान्सर उपचार नेपालमै भन्ने अभियान चलाउँदै आएको नेपाल क्यान्सर हस्पिट एण्ड रिर्सच सेन्टरले क्यान्सर सम्बन्धी जनचेतना जगाउँन हस्पिटलको प्राङ्गणमा मैनवत्ति प्रज्वलन गरेको छ । हस्पिटलमा कार्यरत चिकित्सक, कर्मचारी र विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागीतामा क्यान्सर रोगबाट दिवंगत हुनु भएकाको सम्झना तथास्तन क्यान्सरलाई जितेर सामान्य जीवनयापनमा फर्किएका व्यक्तिहरू थप स्वास्थ्य लाभको कामना गर्दै शुक्रवार साँझ मैनवत्ति प्रज्वलन कार्यक्रम गरिएको हो ।

मैनवत्ति प्रज्वलन कार्यक्रमा उत्साहजनक सहभागीता रहेको थियो । मैनबत्ति प्रज्वलन कार्यक्रममा हस्पिटलका कार्यकारी निर्देशक सुदिप श्रेष्ठले क्यान्सर रोगको उपचार नेपालमै सम्भव भएपनि प्रचार–प्रसारको कमी र विभिन्न खाले भ्रम सृजना गरिएका कारण अझैपनि कतिपय नेपाली क्यान्सरको उपचारका लागि विदेश धाउनु दुखद भएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो ‘विभिन्न व्यक्ति र स्वास्थ्य संस्थाले क्यान्सर रोगीलाई विदेशमा गएर उपचार गर्न सल्लाह दिदै आएका छन्, गरिब र निम्न आएका भएका व्यक्तिहरूले क्यान्सर रोगको निदानका लागि सकि नसकि ठूलो खर्च गर्नुपरेको छ, तर अहिलेको सन्दर्भमा नेपालकै सम्बन्धित स्वास्थ्य संस्थामा क्यान्सरको उपचार उपलब्ध छ, हामीले अब यो कुरा प्रचार प्रसार गर्न जरूरी छ’ । कार्यक्रममा क्यान्सर रोगको कारण मृत्युवरण गरेकाहरूको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । नेपाल क्यान्सर हस्पिटलले बेला–बेलामा क्यान्सर सम्बन्धी सचेतनाका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया