विगत १८ बर्षदेखि सञ्चालित सगरमाथा मल्टिपल कलेज काठमाडौंको डिल्ली बजारमा रहेको छ । प्लस टु देखि स्नातकोत्तर सम्मका विभिन्न संकायमा अध्यापन गराउँदै आएको यो कलेजका आफ्नै विश्षेता छन् । गुणस्तरीय र शिक्षा उत्कृष्ट नतिजालाई आफ्नो ध्ये बनाउँदै आएको यस कलेजमा अहिले विभिन्न संकायमा गरी १ हजार विद्यार्थी अध्ययनरत छन् । यस कलेजले प्लस टु तर्फ विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन गराउँदै आएको छ । त्यस्तै, स्नातकमा वि.वि.एस, वि.वि. एम, वि.सि.ए, वि.ए. वि.एस.डब्लु लगाएतका संकायमा अध्यापन गराउँदै आएको छ भने स्नातकोत्तरमा समाजशास्त्र, मनावशास्त्र र गाम्रिण विकास जस्ता विषयमा अध्यापन गराउँदै आएको छ । पछिल्लो समय धेरै विद्यार्थीहरूको रोजाइमा पर्न सफल छ सगरमाथा मल्टिपल कलेज । सगरमाथा मल्टिपल कलेजको वर्तमान अवस्था के कस्तो छ र शिक्षा क्षेत्रमा यस कलेज पुर्याउदै आएको योग्दानको बारेमा यस कलेजका कार्यकारी निर्देशक चन्द्रप्रसाद ढकालसँग नेपाल परिक्रमा संम्बाददाताले गरेको कुराकानी :
–विद्यार्थीले सगरमाथा मल्टिपल कलेज किन रोज्ने ?
हामी गुणस्तरीय, व्यवहारिक र प्रभावकारी शिक्षामा विश्वास गर्छौ, यसकारण हामीले हाम्रो कलेजको शैक्षिक वातावरण पनि त्यसै अनुसार तय गरेका छौं । यति मात्र नभई हामीले सस्तो र सुलभ शिक्षालाई आफ्नो मुख्य प्राथमिकता ठान्छौ, यसकारण पनि विद्यार्थीहरूले सगरमाथा मल्टिपल कलेजलाई रोज्ने गरेका छन् । हामीले प्लस टु मा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन गराउँदै आएका छौं, त्यसैगरी स्नातकमा वि.वि.एस, वि.वि. एम, वि.सि.ए, वि.ए. वि.एस.डब्लु लगायतको संकायमा अध्यापन गराउँदै आएका छौ । यि संकायमा हाम्रो नतिजा हेर्ने भने पनि निकै राम्रो छ । अझ अर्को के छ भने हामीले उत्पादन गरेका अधिंकाश विद्यार्थी अहिले राम्रो ठाउँमा पुगेका छन् ।
–सगरमाथा कलेजको वर्तमान अवस्था के कस्तो छ ?
दक्ष र अनुभवि शिक्षकहरू सगरमाथा कलेजका गहना रूपमा रहेका छन् । हामीले हरेक संकायमा अनुभवि र क्षमतावान शिक्षकलाई मात्र ठाउँ दिने गरेका छौं । हाम्रो कलेजमा अहिले विभिन्न तह र संकायमा गरी झण्डै १ हजार विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीले नियमति रूपमा कक्षा उपस्थिति, समय समय हुने परिक्षामा सामेल र तोकिएको असाइनमेन्ट गनुपर्दछ । हामीसँग हरेक विषयसँग दक्ष र अनुभवी शिक्षकहरू छन् । कलेज सञ्चालनको लागि हामीसँग शिक्षा क्षेत्रमा लामो समय काम गर्नुभएका पाँच जना व्यक्तित्वहरू हुनुहन्छन् । हाम्रो टीममा आरडी जोशी, खुम प्रसाद शर्मा, देविभक्त देवकोटा जस्ता शिक्षा क्षेत्रमा लामो समय काम गरेका व्यक्तित्व हुनुहुन्छ । अहिलेको अवस्थामा हाम्रो कलेजमा नयाँ भर्न र यस कलेजप्रति चासो राख्ने विद्यार्थीहरूको संख्या पनि ठूलो छ ।
–अन्य कलेज र सगरमाथा मल्टिपल केलजवीच के फरक छ ?
हाम्रो नारा नै विद्यार्थी पहिला भन्ने छ । हामी सिकाइको मामिला होस् वा अन्य कुनै अवस्थामा विद्यार्थी नै पहिला अघि सरोस् भन्ने चाहन्छौ । सिकाइको लागि विद्यार्थी स्वयम अगाडि बढेपछि यसले विद्यार्थीलाई थप जिम्मेवार बनाउने गरेको मैले पाएको छु । हाम्रा विद्यार्थी पढाइको साथसाथै अन्य प्रतिभाहरू समेत अगाडि छन् । विद्यार्थीले बेला बेलामा आफ्नै सक्रिया विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् । हामीले त्यसलाई सहजीकरण मात्र गर्ने गरेका छौं । हाम्रो कलेजमा शिक्षक, विद्यार्थी र प्रशासनवीच पारिवारिक वातावरण छ ।
–कलेजको भावी योजना के छ ?
हामी भावी योजना भनेको त, सकभर विश्वविद्यालयकै मोडालिटीमा जाने हो । म के देख्छु भने नेपालमा भएका सिमित विश्वविद्यालय मात्रै शिक्षाको विकासलाई पूर्ण रूपमा अगाडि बढाउन सक्दैनन् । यसर्थ फरक र व्यवहारिक रूपले शिक्षाको विकास गर्नको लागि अझै नेपालमा केही विश्वविद्यालय हुनुपर्दछ । हामीले पनि हाम्रो कलेजले भविष्यमा विद्यालयकै रूप ग्रहण गर्नुपर्छ भनेर परिकल्पना गरेका छौ । यो त हाम्रो धेरै टाढाको योजना हो । तत्कालका लागि हाम्रो योजना भनेको कलेज प्रदान गर्दै आएको शिक्षालाई थप गुणस्तरीय, प्रभावकारी र जिवनउपयोगी बनाउने नै हो ।
–अन्त्यमा नेपाल परिक्रमा मार्फत के भन्न चाहनुहुन्छ ?
अन्त्यमा म के भन्न चाहन्छु भने, नेपालमा शिक्षामा ठूलो लगानी हुँदा हुँदै पनि राम्रो प्रतिफल प्राप्त हुन सकेको छैन । सरकारकै कमजोरीका कारण शिक्षा क्षेत्रको अर्वौ लगानी बालुवाको पानी जस्तै भएर खेर गइरहेको छ । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा सरकार गम्भीर हुन अति नै आवश्यक छ । सरकारी भन्दा निजी क्षेत्रले गुणस्तरीय शिक्षामा पछिल्लो समय बढि योग्दान गरेका छन् । त्यसैले सरकारले निजी क्षेत्रले शैक्षिक विकासमा पुर्याएको योग्दान पनि भुल्न हुदैन । अहिले प्लस टु सम्मको शिक्षा निशुल्क भनिएको छ । यदि त्यसो हो भने सरकारले क्रमिक रूपले प्लस टु शिक्षालाई सरकारीकरण गर्दै लैजानुपर्छ । मेरो बुझाइमा त पब्लिक प्राइभेट पार्टरसीप नै शिक्षा क्षेत्रको लागि उपयुक्त विकल्प हो । शिक्षा क्षेत्रमा निजी क्षेत्रको सहभागीतालाई ठाउँ दिनुपर्छ । बरू व्यवस्थित ऐन कानूनको तर्जुमा भने गनुपर्ने देखिन्छ । धन्यवाद ।