नेपालमा अधिकांश ठूला आयोजना अलपत्र

काठमाडौं– गणतन्त्र स्थापना भएपछि बनेका हरेक सरकारले उर्जा, सडक, उत्पादन, कृषि, उड्यन, पर्यटन लगायतका क्षेत्रमा विभिन्न आयोजनाका अवधारणा अघि सारे । तर आजका दिनसम्म कुनै पनि ठूला आयोजनाले सार्थक पूर्णता पाउन सकेका छैनन् । द्वन्द्वको अन्त्यसँगै राष्ट्रिय गौरवका आयोजनाले गति लिने विश्वास सर्वसाधारणले गरेपनि त्यो यर्थातमा परिणत हुन सकेन । अहिले पनि राष्ट्रिय गौरवका दर्जनौं आयोजना ठप्प छन् । उर्जा क्षेत्रको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजना पनि सोचेजस्तो गति लिन सकेन । भारत सरकारको सहयोगमा बन्ने पश्चिम सेती आयोजनाले पनि गति लिन सकेको छैन ।

त्यसैगरी मेलम्ची खानेपानी आयोजना र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी सडक, काठमाडौं तराई दु्रत मार्गको प्रगति निराशाजनक छ । यि त केही आयोजनका निराशाजनक उदारण मात्र हुन् । अरू थुप्रै योजनाहरू अहिले गतिविहीन छन् । उच्च प्राथमिकतामा रहेका सरकारी गौरवका अपुरा र अधुरा आयोजनाको चाङ नै छ ।

सरकारले रणनीतिक महत्वका आयोजनाको प्राथमिकीकरण गरेर सम्पन्न गर्न सकेको छैन । आयोजना माथि चरम राजनीतिकरण हुनु, कार्यान्वयनको पूर्वतयारी नहुनु, अन्तरनिकाय समन्वय नहुनु, स्रोत र साधनको प्रयोग हुन नसक्नु, अनुगमन तथा सुपरीवेक्षण नहुनेु लगायतका कारण विकास आयोजनाले गति लिन नसकेको विज्ञहरू बताउँछन् । एउटा राजनीतिक पार्टीको सरकारले शुरू गरेको आयोजना अर्काले राम्रै आयोजना भए पनि गलत प्रबृत्ति राख्ने र त्यसलाई अघि बढाउन चासो नदिने भएका कारण पनि विकासे आयोजनाहरुको चाङ लागेको विज्ञको भनाइ छ । कुनैपनि आयोजना समयमै शुरू भइ सम्पन्न नहुँदा करोडौं, लगानीमा निर्माणाधीन आयोजनाहरुको ठूलो मात्रामा लागत समेत बढिरहेको छ ।

तपाईको प्रतिक्रिया