प्रदेश राजधानीको विषयलाई लिएर धनगडी बन्द

कैलाली– कैलालीको गोदावरीमा ७ नंवर प्रदेशको राजधानी राख्ने निर्णय गरेपछि धनगढीमा आन्दोलन चर्केको छ । प्रदेश ७ को अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी कायम गरिनुपर्ने माग गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एवं थारू समुदायका अगुवा समेत आन्दोलित बनेका हुन ।

आन्दोलनका क्रममा आज धनगढी बजार बन्द गराइएको छ भने यातायातका साधन चलेनन् । स्थायी सदरमुकाम सम्वन्धी निर्णय सच्याउन माग गर्दै आन्दोलीत् स्थानीयले धनगढीको राजपुर, बोराडाडी, चटकपुर, ट्राफिक चौराहा, एलएनचोक, क्याम्पसरोड लगाएतका क्षेत्रमा यातायातका साधन रोकेका थिए ।

तपाईको प्रतिक्रिया