शनिबार विविध कार्यक्रम सहित मुटु दिवस मनाइयो

काठमाडौं– विश्व मुटु दिवस विभिन्न नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाएको छ ।
विश्व मुटु महासंघको आह्वानमा सन् २००० देखि सेप्टेम्बरको अन्तिम शनिवार यो दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष मुटु तथा रक्तनलीजन्य रोगका कारण एक करोड ७५ लाख मानिसको ज्यान जाने गरेको छ । अन्य नसर्ने रोग जस्तै क्यान्सर, दम, मधुमेह जस्ता कारणले भन्दा मुटुरोगका कारण मर्नेको संख्या बढी

रहेको संगठनले जनाएको छ ।

मुटुजन्य रोगका विरामीको संख्या बढ्दै गएमा सन् २०३० सम्म यो रोगबाट मृत्यु हुनेको संख्या दुई करोड भन्दा माथि पुग्ने अनुमान गरिएको छ । सूर्तिजन्य पदार्थको बढ्दो सेवन, अस्वस्थ खानपान, शारिरीक परिश्रमको कमी, मोटोपना, उच्चरक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मानसिक तनाव जस्ता समस्याले मुटुमा समस्या देखिने गरेको छ ।

विश्व मुटु दिवसका अवसरमा काठमाडौ उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालले चेतनामुलक कार्यक्रम गरे ।

तपाईको प्रतिक्रिया