समाचार लेखेकै भरमा पत्रकारलाई हतकडी

काठमाडौं– खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई प्रहरीले गत आइतवार विहानै नियन्त्रण

मा लियो । ललितपुर महानगरपालिका वडा नम्वर २७ को हरिसिद्धी इटा टायल कारखानाको २५ रोपनी जग्गालाई विक्री गर्न नेकपाका सांसदले दबाव दिएको समाचार प्रकाशित गरेको आरोपमा उनलाई विद्युतिय अपराध अन्तर्गत अनुसन्धानका लागि हिरासतमा लिइएको हो ।

प्रहरीले साइबर अपराध अन्तगर्त पत्रकार बस्नेतलाई हिरासतमा लिइएको बताइएपनि सामाचार लेखेकै भरमा पत्रकार पक्राउ गर्ने कानून नेपालका कुनैपनि कानूनी दस्तावेजमा छैन । भूमाफिया परिचालित गरि राजनीतिक दलका नेताहरुले विक्री वितरण गर्न मालपोत कार्यालयका कर्मचारीहरुलाई व्यापक दवाव दिएको समाचार खोजतलास साप्ताहिकमा गत शुक्रवार प्रकाशित भएको थियो । सरकारको नेतृत्व गरिरहेको दलले नेकपाका सांसदहरूको दबावमा पत्रकारले समाचार लेखेकै आधारमा प्रहरीले नियन्त्रणमा लिइएको भन्दै सञ्चारविद्हरूले यो घटनाको भत्र्सना गरेका छन् ।

दृष्टि साप्ताहिकबाट साभार भनेर खोजतलासमा छापिएको समाचारमा नेकपाका नेताहरु जनार्दन शर्मा, वलदेव खनाल, पम्फा भुसाल र राजकाजी महर्जनको लगायतका नेताको संलग्नता रहेको कुरा लेखिएको थियो । प्रेस काउन्सिलमा सूचिकृत भइ सुचना विभागमा दर्ता भएका कुनै पनि समाचार संस्थालाई समाचार प्रकाशन र प्रसारण गरेकै आधारमा मुद्दा लाग्ने अवस्था समेत नरहेको अवूथामा कानूनकै उपहास गर्दै पत्रकार बस्नेतलाई हतकडी लगाइनुले प्रेस स्वतन्त्रताको मान्यता र भावनाको ठाडो उल्घङन भएको छ ।

तपाईको प्रतिक्रिया