त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक आर्याल सम्मानित

काठमाडौं– लामो समयदेखि शिक्षा र सञ्चार क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएका त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता र आमसञ्चार विभागका उप–प्राध्यापक देवराज अर्याल राष्ट्रिय नागरिक विकास समाज द्वारा सम्मानित हुनुभएको छ । समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमा उप–प्राध्यापक अर्याल सम्मानित हुनुभएको हो ।

राष्ट्रिय नागरिक विकास समाजले विभिन्न क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्‍याउने व्यक्तिलाई छनोट गरी समान गरेको हो ।

उप–प्राध्यापक अर्याल विगत २० बर्षदेखि पत्रकारिता र पछिल्लो एक दशकदेखि पत्रकारितासँगै अध्यापन पेशामा आवद्ध रहँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया