सगरमाथा कलेजमा रक्तदान

काठमाडौं–देशब्यापी रूपमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै काठमाडौंको डिल्लीबजारमा रहेको सगरमाथा मल्टिपल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूको अगुवाइमा गरिएको रक्तदानमा कार्यक्रममा झण्डै ५० यूनिट भन्दा बढि रगत संकलन भएको छ ।

कलेजमा अध्यापन गराउँदै आएका शिक्षक, अध्ययनरत विद्यार्थी लगायतले रक्तदान गरेका थिए । विहान ९ बजेदेखि शुरू रक्तदान कार्यक्रम दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो । पछिल्लो समय विभिन्न संघ सस्थाबाट रगत संकलन भइरहेपनि रगत अभावको समस्या भने हट्न सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया