किमले गरे अन्तर्राष्ट्रिय समुदायको आलोचना

एजेन्सी– त्तर कोरियाली नेता किम जोङ–उनले अन्तर्राष्ट्रिय रूपबाट आफ्नो देशमाथि लगाएको प्रतिबन्ध नहटाइएको भन्दै कडा आलोचना गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार नेता किमले निर्माणाधीन परियोजनाको निरीक्षणमा अन्तर्राष्ट्रिय समुदायले सकारात्मक पहललाई बुझ्न नसकेको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन् ।
पत्नीसहित उच्च अधिकारीका साथमा रहेका किमले साम्जियोन काउन्टीमा सञ्चालित विकास परियोजनाको निरीक्षण गरेका थिए ।

परियोजनास्थल उनका बाबु किम जोङ–इलको जन्मथलो हो ।

तपाईको प्रतिक्रिया