काठमाडौं– बेल्जियमसँग २–० ले पराजित भएसँगै ब्राजिल रसियामा जारी विश्वकपबाट बाहिरिएको छ । शनिबार शनिबार सम्पन्न निकै रोमाञ्चक क्वाटरफाइनल खेलमा ब्राजिलले खेलको पहिलो हाफमै गोल खाएको थियो ।
खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले आत्मघाती गोल गरेसागै उत्साहित बनेको बेल्जियमका लागि ३१ औं मिनेटमा केभिनले गोल गर्दै टोलीलाई २–०को अवस्थामा
पर्याएका थिए । खेलको ७६ औं मिनेटमा ब्राजिलका रेनातोले गोल फर्काएपछि खेल थप रोमाञ्चित बन्यो । त्यसपछि केही पटक ब्राजिलले बल प्रहार गरेपनि बलियो डिफेन्स बाधक बन्न पुग्यो र खेल २–१ मा टुंगिदै बेल्जियम बिजयी बन्न पुग्यो ।