नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले मनायो आफ्नो पहिलो बार्षिक उत्सव

बाबु्राम तिमिल्सिना :
ललितपुर । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले   स्थापनाको पहिलो बार्षिक उत्सव मनाएको छ । हस्पिटलको पहिलो बार्षिक उत्सव समारोहको उद्घाटन आज नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालमै सुविधा सम्पन्न हस्पिटलले क्यान्सर रोगको उपचारमा महत्वपूर्ण योग्दान पुर्‍याएको भन्दै प्रशंसा गर्नुभयो ।

    परराष्ट्र मन्त्री ज्ञवालीले नेपालमै क्यान्सर रोगको उपचार सम्भव भएको भन्दै कोही पनि महँगो रकम खर्च गरेर विदेश जान्नु नपर्ने अवस्थाको विकास हुुनु पनि सहरानीय पक्ष भएको धारणा राख्नुभयो ।

बार्षिक उत्सव कार्यक्रममा हस्पिटलका कार्यकारी निर्देशक सुदिप श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले महत्वपूर्ण योग्दान पुर्‍याएको र अगामी दिनमा पनि स्वास्थ्य सेवामा प्रतिबद्ध भएर लाग्ने उल्लेख गरिएको थियो ।

गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको यो हस्पिटलले स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप क्यान्सर रोगको उपचारमा सेवा दिदै आएको छ ।

यो हस्पिटल क्यान्सर रोगको लागि नेपालकै सुविधा सम्पन्न र प्रविधियुक्त पनि मानिदै आएको छ ।

तपाईको प्रतिक्रिया