यि हुन् एल. एल. विको प्रवेश परिक्षामा सोधिने विषय

काठमाडौं–  सबैको चासो र रूचिको विषयमा परेको एल.एल.वी प्रथम बर्षमा भर्ना लागि यस बर्ष देखि प्रवेश परिक्षा अनिवार्य गरिएको छ । त्रिभुवन विश्वविद्यालयले नेपाल ल क्याम्पसका लागि ८ सय कोटा निर्धारण गरिएको छ । जसका लागि अगामी जेठ १९ गते प्रवेश परिक्षा हुदैछ । पहिलो पटक प्रवेश परिक्षा सञ्चालन गरिन लागिएकाले धेरै विद्यार्थीमा  एल. एल. वी प्रथम बर्षको प्रवेश परिक्षामा के प्रश्न आउँछ भन्ने अन्योलता छ ।

नेपाल ल क्याम्सपले प्रवेश परिक्षाका सोध्ने विषयबस्तुको निश्चित मापदण्ड तय गरेको छ । जस अनुसार एक सय नम्बरको परिक्षामा नेपालको संविधान र कानूनका सिद्धान्तबारे प्रश्न सोधिने छ । यसका लागिे नेपालको संविधान र एल. एल. वि. प्रथम बर्षको विधिशास्त्र नामक बुक विद्यार्थीले पढ्नुपर्ने छ ।

प्रवेश परिक्षामा बस्तुगत ५० र विषयगत ५० पूर्णाङ्क रहनेगरी प्रश्न सोधिने नेपाल ल क्याम्पसले जनाएको छ । विषयगत प्रश्न अन्र्तगत विद्यार्थीले लामो उत्तर, छोटो उत्तर र रचनात्मक लेख गरी तीन खाले संरचनामा उत्तर दिनुपर्ने छ ।

तपाईको प्रतिक्रिया