एल.एल. वीको प्रवेश परिक्षा फारम वितरण शुरू : अपडेट

काठमाडौं– एल. एल. वी प्रथम बर्षको प्रवेश परिक्षा फारम वितरण शुरू भएको छ । लामो समयको तालाबन्दी कारण कम समय भएकाले विहीबार देखि नै परिक्षा फारम वितरण गर्न गरिएको नेपाल ल क्याम्पसको प्रशासनले जनाएको छ । विद्यार्थीले प्रवेश परिक्षा फारम आगामी जेठ ११ गतेसम्म भर्न सक्नेछन् ।

बुधवार विद्यार्थी र डीन कार्यालयवीच सहमति भएपछि जतिसक्दो छिटो फारम वितरण गर्ने सहमति भएको थियो । फारम भर्न १ हजार ५० रूपैयाँ तिर्नु पर्नेछ । फारम भर्नका लागि कुनैपनि विषयमा स्नातक तह उत्तिर्ण भएको प्रमाणपत्रको फोटोकपी आवश्यक पर्ने छ ।

तपाईको प्रतिक्रिया