आगामी सातादेखि एल.एल. वीको प्रवेश परिक्षा फारम वितरण गरिने

काठमाडौं– नेपाल ल क्याम्पसले आगामी सातादेखि एल. एल. वी प्रथम बर्षको प्रवेश परिक्षाको लागि फारम वितरण गर्ने भएको छ । नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डी. एन. पराजुलीका अनुसार अगामी आइतबार वा सोमवार देखि नयाँ शैक्षिक शत्रको भर्नाका लागि प्रवेश परिक्षा फारम वितरण गर्ने योजना रहेको छ ।

त्रिभुवन विश्वविद्यालयले कानून निश्चित कोटा निर्धारण गरेपछि विद्यार्थी संगठन र कानून संकायवीच विवाद हुँदा झण्डै ६० दिनसम्म डीनको कार्यालयमा ताला लागेको थियो । डीन कार्यालय र विद्यार्थीवीच विभिन्न चरणमा वार्ता भएपछि अन्तत: ८ सय कोटा निर्धारण गरी एल. एल. वी भर्ना गर्ने सहमति भएपछि प्रवेश परिक्षाको लागि फारम वितरण गर्न लागिएको हो । कुनैपनि विषयमा स्नातक उत्तिर्ण भएका विद्यार्थीले कानूनको तीन बर्षे स्नातकको प्रवेश परिक्षामा सामेल हुन पाउने छन् । कानून संकायले प्रवेश परिक्षा फारमको शुल्क १ हजार रूपैयाँ निर्धारण गरेको छ ।

नयाँ शैक्षिक शत्रको २ महिना तालाबन्दीले शुरू हुन नपाएका कारण फारम भर्ने र परिक्षा तयारी समय केही छोटो हुने नेपाल ल क्याम्पसले जनाएको छ । नेपाल क्याम्पसका अत्तिरित्त विभिन्न प्रदेशमा रहेका र कानून अध्यापनको मान्यता पाएका क्याम्पसले पनि अब भर्ना पक्रिया अघि बढाउने छन् ।

तपाईको प्रतिक्रिया