काठमाडौं–गुणस्तरीय र व्यवस्थित शिक्षा प्रदान गर्ने भन्दै त्रिभु्वन विश्वविद्यालयले ३ बर्ष अघिदेखि बाट स्नातकोत्तरमा सेमेष्टर प्रणाली शुरू गर्यो । शुरूमा काठमाडौं उपत्यकाका केही क्याम्पसहरूमा सेमेष्टर प्रणाली लागू गरेको त्रिभुवन विश्वविद्यालयले अहिले स्नातकोत्तर कार्यक्रम अन्र्तगत काठमाडौंका सबै क्याम्पस र काठमाडौं उपत्यका बाहिरका अधिकांश क्याम्पसमा पनि सेमेष्टर प्रणाली लागु गरिसेकेको छ । सेमेष्टर प्रणाली सञ्चालनका लागि भन्दै विद्यार्थीबाट बार्षिक रूपमा लिइदै आइएको भन्दा झण्डै दोब्बर तेब्बर रकम लिएर रकम लिएर सञ्चालनमा ल्याइएको सेमेष्टरमा प्रणालीमा पनि विद्यार्थीले समस्याबाट छुटकरा पाउन सकेका छैनन् । जसरी विगतमा स्नातकोत्तर कार्यक्रममा विद्यार्थीले समयमै परिक्षा नहुने, समयमै नतिजा प्रकाशन नहुने, नियमित कक्षा सञ्चालन नहुने लगायतका समस्या भोग्दै आएका थिए तिनै समस्या त्रिभुवन विश्वविद्यालयले सञ्चालन सेमेष्टरमा प्रणालीमा दोरिएका छन् । व्यवस्थित र गुणस्तरीय शिक्षा प्राप्तिको आशा गर्दै बार्षिक परिक्षा प्रणालीको भन्दा दोब्बर रकम तिरेर सेमेष्टर प्रणालीमा अध्ययन गरेका विद्यार्थी अहिले समस्यै समस्यामा छन् । सेमेष्टर प्रणालीमा नियमित कक्षा सञ्चालन नहुने, तोकिएको समयमै नतिजा प्रकाशन नहुने हरेक विषयको विभागको समस्या भनेको छ । अझ त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको अवस्था भने झनै भद्रगोल छ । मानिविकि संकाय अन्र्तगतका अङ्ग्रेजी, समाजशास्त्र, मनावसास्त्र, पत्रकारिता, राजनीतिशास्त्र, अर्थशास्त्र लगायतका विभाग त्रिभुवन विश्वविद्यालयको चरम लापरवाहीका कारण नाम मात्रको सेमेष्टरमा सिमित छन् । परिक्षा भएको एक महिना भित्र नै विद्यार्थीको नतिजा प्रकाशित हुनुपर्ने भएपनि यि विभागमा परिक्षा दिएको चार पाँच महिनासम्म नतिजा प्रकाशन भएको पाइदैन । न त यि विभागहरूमा सेमेष्टर प्रणालीमा विद्यार्थीका लागि हुनुपर्ने सेवा सुविधा नै छन् । सेमेष्टर प्रणाली भित्र ब्याप्त समस्या हुँदा हुदैपनि सम्बन्धित पक्ष यसको ढाकछोप गर्न पछि पर्दैन । त्रिभुवन विश्वविद्यालय मानविकी संकायका सहयाक डिन सरदचन्द्र ठाकुर सेमेष्टरमा भौतिक पूर्वाधार, शिक्षक, परिक्षा, नतिजा सबै सुविधा राम्रो भएको झूटो सूचना दिन पछि पर्दैनन् । त्रिभुवन विश्व विद्यालयले तयारी विना नै सञ्चालनमा ल्याएको सेमेष्टर प्रणाली भित्र व्यापक सुधार गर्नुपर्ने खाँचो रहेको विद्यार्थी नेता तथा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव नरेश रेग्मी औल्याउछन् । त्यस्तै आर. आर. क्याम्पसका स्ववियु उपसभापति श्रीकृष्ण उप्रेतीमा पनि त्रिभुवन विश्वविद्यालयको चरम लापरवाहीका कारण सेमेष्टप्रणाली नाम मात्रैको भएको बताउनुहुन्छ । ब्याप्त समस्याहरूका वीच रूमलिएको त्रिविको सेमेष्टर प्रणालीमा यदि कुनै विद्यार्थी कुनैपनि विषयमा अनउत्तिर्ण भएमा नतिजा प्रकाशन भएको एक भित्रै पुन परिक्षामा सामेल हुन पाउने व्यवस्था भएपनि त्रिविकै लापरवाहीका कारण ६ महिना भन्दा बढि कुनुपर्ने बाध्यता छ ।