मोदीको भ्रमणले यसरी अर्थ राख्छ

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउँदै छन् । दुईदिने राजकीय भ्रमणका लागि मोदी नेपाल आउन लागेका हुन् । भारतीय प्रधानमन्त्री मोदी चीनबाट फर्किएलगत्तै नेपाल भ्रमणमा आउने तालिका बनेकाले यसलाई कुटनीीतक तथा राजनीतिक हिसावले अर्थपूर्ण ठानिएको छ । राजनीतिक विश्लेषकहरूले मोदीको आसन्न भ्रमणलाई सद्भावपूर्ण भनिए पनि यसले दुई मुलुक बीचको सम्बन्ध विस्तार संगै राजनीतिक रूपमा समेत अर्थ राख्ने परराष्ट्रविद् प्रा.डा. जयराज आचार्य बताउनुहुन्छ । विश्लेषकहरुले मोदीको नेपाल भ्रमणमा पनि आर्थिक विकास कै एजेण्डालाई केन्द्रमा राख्न सुझाव दिएका छन् । यसले दुवै मुलुकलाई फाइदा पुग्ने र जनस्तरमा सम्वन्ध थप बलियो बन्ने राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो नौ महिने कार्यकालमा भारतसंगको सम्बन्ध निकै कमजोर र तिक्ततापूर्ण बनेको थियो । दोस्रो पटक फरक परिस्थितिमा प्रधानमन्त्री बनेका ओली र चुनावको मुखमा रहेका मोदीका निम्ति सम्वन्ध सन्तुलित् बनाउनु दवाव रहेकै बेला मोदी नेपाल आउन लागेका छन् । यो अवस्थामा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीसंग विगतका सम्झौता कार्यान्वयन केन्द्रित वार्ता गरिनुपर्ने विज्ञहरुले सल्लाह दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तालीका बन्नु अघि, चीनका राष्ट्रपति सी जीन पिङसँग मोदीले उच्चस्तरीय शिखर वार्ता समेत गरिसकेकाले यो भ्रमणलाई त्रिदेशीय सम्वन्ध सुधारको कसरत् समेत ठानिएको छ । मोदीको नेपाल भ्रमणमा रक्सौल काठमाडौंसम्मको रेलवे विस्तार सम्बन्धी सहमतिमा हस्ताक्षर हुने, भारतले नेपाललाई उपलब्ध गराउने जलमार्ग पारवहन सुविधा उपलब्ध गराउने विषयमा समेत सम्झौता हुन सक्ने विश्लेषण गरिएको छ ।

तपाईको प्रतिक्रिया