लहरो तान्दा पहरो थर्कियो ३३ किलो सुन प्रकरणमा

काठमाडौं– समय निकै चर्चामा रहेको ३३ किलो सुन प्रकरणको घटना एकपछि अर्को गर्दै नेपाल प्रहरीका उच्च पदाधिकारी तानिरहेका छन् । पछिलो समय एकाएक चर्चामा आएको ३३ किलो सुन र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी सहित २९ जनालाई बुधबार जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । मुद्दामा फरार रहेका गोरे भनिने चुडामणि उप्रेतीलाई मुख्य अभियुक्त मानिएको छ । पक्राउ परेका र फरार रहेकाहरुलाई सरकारी वकिलको कार्यालयमार्फत अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गर्ने तयारी छ ।

२९ जना पक्राउ परेका र अन्य ३४ जनाविरुद्ध मुद्दा दर्ता हुनेछ । प्रहरी अनुसन्धान अनुसार, २०७४ माघ ९ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमै ३३ किलो सुन बाहिरिएको थियो । भन्सार सेटिङबाट भित्रिएको तस्करीको त्यो सुन विच बाटो मै गाएव भयो । एकाएक सुन गाएव बने यता श्रृङ्खलाबद्ध फरक फरक घटना घटेका छन् ।

तपाईको प्रतिक्रिया