अब यसरी हुन सकिन्छ एल. एल. वी भर्ना

बाबुराम तिमिल्सिना, काठमाडौं । पछिल्लो समय कानून अध्ययनमा धेरैको रूची बढ्न थालेको छ । अझ पछिल्लो समय देश संघीय संरचनामा गएपछि त कानून अध्ययन गर्न चाहनेको जमात ठूलो छ । नेपालमा त्रिभुवन विश्व विद्यालय अन्तगर्तको नेपाल ल क्याम्पसले सबैभन्दा बढि कानूनका विद्यार्थी उत्पादन गर्दै आएको छ । त्यस्तै, देशका अन्य पाँच ठाउँमा पनि सिमित रूपमा कानूनको अध्यापन हुदै आएको छ ।  कानून पढ्न चाहने विद्यार्थीको संख्या हजारौ भएपछि अव्यवस्थित भर्नालाई रोक्दै त्रिभुवन विश्वविद्यालयले अहिले कानूनमा कोटा प्रणाली लागू गरेको छ ।

कोटा प्रणाली अनुसार अब विद्यार्थीले प्रवेश परिक्षा उत्तिर्ण गरेर मात्र एल. एल.वी. भर्ना हुन पाउने भएका छन् । नेपाल ल क्याम्पसले यसबर्ष देखि कोटा प्रणाली लागू गरेपछि अब प्रवेश परिक्षामा उत्तिर्ण भएका ८ सय जना विद्यार्थीले मात्र ल पढ्न पाउने छन् । जसका लागि नेपाल ल क्याम्पसले प्रवेश परिक्षामा सामेल हुन चाहनेलाई प्रवेश परिक्षा फारम दिनेछ । प्रवेश फारम भरेर परिक्षा भरी छनोट हुने ८ सय विद्यार्थीलाई नेपाल क्याम्पसले विहानी र दिवा गरी दुई शत्रमा अध्यापन गराउने छ । नेपाल ल क्याम्पसका प्रमुख डी. एन पराजुलीका अनुसार यो शैक्षिक शत्रदेखि विद्यार्थीलाई कक्षा उपस्थिति पनि अनिवार्य गरिएको छ ।

कुनैपनि विषयमा स्नातक गरेका विद्यार्थीले कानूनको स्नातकमा भर्ना हुनको लागि प्रवेश परिक्षा दिन पाउनेछन् । तीन बर्ष कानूनको अध्ययन पश्चात उत्तिर्णलाई अधिवक्ताको बन्ने बाटो खुल्ने छ । त्यस्तै कानून पढेका विद्यार्थीलाई नेपाल सरकारको न्याय क्षेत्रमा प्रवेश गर्न पनि सहज हुने गर्दछ ।

तपाईको प्रतिक्रिया