झण्डै ६० दिनपछि खुल्यो नेपाल ल क्याम्पसको ताला, ८ सय विद्यार्थी पढाइने

काठमाडौं– झण्डै ६० दिनको निरन्तरको तालाबन्दी पछि नेपाल ल क्याम्पसको तालाबन्दी खुलेको छ । नेपाल ल क्याम्पस प्रसाशन र एघार विद्यार्थी संगठनवीच भएको वार्तामो एल. एल. वी. प्रथम बर्षमा ८ सय कोटा निर्धारण गर्ने गरी ताला खुल्याउने सहमती भएको हो । त्रिभुवन विश्वविद्यालयले नेपाल ल क्याम्पसमा ५ सय कोटा निर्धारण गरेपछि अनेरास्ववियुले विभिन्न माग राख्दै नेपाल क्याम्पसमा ४० दिनसम्म तालाबन्दी गरेको थियो ।

अनेरास्ववियुलाई मनाउन पुन एक सय कोटा थप गर्ने सहमति भएर बैशाख ७ गते तालाबन्दी खुलेपनि पुन नेपाल विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनले अनेरास्ववियुसँग मात्र भएको सहमतिको औचित्य नभएको भन्दै तालाबन्दी गरेको थिए । अन्तत: सबै विद्यार्थीको सहमति पश्चात अब प्रवेश परिक्षा लिएर उत्तिर्ण हुने ८ सय विद्यार्थीलाई एल.एल. वी प्रथम बर्षमा भर्ना गराइने भएको हो । ८ सय जनाको विद्यार्थी कोटामा समावेशी प्रणाली समेत लागु हुने नेपाल ल क्याम्पसका प्रमुख डी.एन पराजुलीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया