सिण्डिकेट लाद्न खोज्नेको रूट प्रमिट खारेज गरिने

काठमाडौं– सरकारले यातयातमा सिण्डिकेट लाद्न गर्न खोज्ने यातयात व्यवसायीको रूट परमिट खारेज गर्ने नीति लिएको छ ।  सरकारले सिन्डिकेटको पक्षमा सेवा रोक्ने सार्वजनिक सवारीहरुको रूट रमिट खारेज गर्ने भएको हो ।

त्यसका लागि गृह मन्त्रालयको सूचना संयन्त्रले मयूर यातायातको बिरोधमा चलाउन बन्द गरिएका सवारीको विवरण लिन बताइएको छ । मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएको बिरोधमा आइतबारदेखि नेपाल यातायात व्यवसनयी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा संघरसमितिले काभ्रे र भक्तपुरका सबै ग्रामीण क्षेत्रमा सवारी चलाउन छाडेका छन् । यसरी सिन्डिकेटका पक्षमा बन्द गरिएका सवारीहरुको रकर्ड प्रहरी तथा ट्राफिक प्रहरीले लिन सुरु गरेका छन् । गुप्त रुपमा यो सूचना संकलन थालिएको र सो सूचना यातातायात व्यवस्था विभागमा पठाइने गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया