प्रधानमन्त्रीले कटौती गरे सचिवालय सदस्य

काठमाडौं– पछिल्लो समय लोकप्रिय निर्णय गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा रहने सदस्य संख्या कटौती गरेका  छन् । बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या ४७ बाट २८ मा झार्ने निर्णय गरेको हो । २३ सदस्यीय रहेको प्रधानमन्त्रीको सचिवालय डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला बढाएर ४६ सदस्यीय बनाइएको थियो ।

प्रधानमन्त्रीको सचिवालयमा उपसचिव, शाखा अधिकृतदेखि सामान्य पदसम्म कार्यकर्ता भर्ती गर्ने गरिन्थ्यो । जसलाई तलब भत्ता, इन्धन, सञ्चार लगायतका सुविधा दिादा राज्यकोषको करोडौं रकम खर्च हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया